काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भएर अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

आज (बिहीबार) बस्ने संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले पछिल्लो समय ल्याएको अध्यादेश निर्णयार्थ पेश हुँदैछ । अध्यादेश बहुमतले स्वीकृत हुनुपर्ने भएकाले सत्तारुढ दल कांग्रेस–एमालेले आफ्ना सांसदहरुलाई ह्वीप लगाएका हुन् ।

प्रतिनिधि सभामा सत्तारुढ दल कांग्रेस–एमालेलाई अध्यादेश स्वीकृत गराउन कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक रहेको छ । सरकारलाई समर्थन गरेको जसपा नेपाल अध्यादेशको बारेमा भने नकारात्मक छ । जसपा नेपालले अझैसम्म पनि अध्यादेशको समर्थन गर्ने वा नगर्ने निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया!!

सम्बन्धित खबर