नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्तालाई अघि सार्ने भएको छ ।

गुप्ता शालिमारबागबाट विधानसभामा निर्वाचित भएकी हुन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाकी उपाध्यक्ष हुन् ।

बुधबार बसेको भाजपा दिल्ली विधानसभा संसदीय दल बैठकले गुप्तालाई मुख्यमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको हो ।

टाइम्स अफ इन्डियाका अनुसार रेखाले बिहीबार रामलीला मैदानमा पद तथा गोपनियताको सपथ लिने छिन् ।

दिल्लीको सत्तामा २७ वर्षपछि भाजपाको पुनरागमन सम्भव भएको हो ।

टाइम्स अफ इण्डियाका अनुसार मुख्यमन्त्रीमा प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतीश उपाध्याय पनि आकांक्षी थिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर