हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन् ।शुक्रबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले राजा र जनताको साझेदारी विना देश बचाउन कठिन हुने बताए । अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।

‘विदेशीहरूको ठुलो चलखेलले अहिले देशमा आर्थिक संकट उत्पन्न भएको छ,’ उनले भने, ‘यस्तो हुँदा समेत दलहरू विभाजित भएर एक–अर्कालाई आरोप प्रत्यारोप लगाएर बसेका छन् । यो स्वभाबिक होइन् ।’

प्रतिक्रिया!!

सम्बन्धित खबर