काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

उनलाई आइतबार बिहान बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनको अनिवार्य अवकाश हुन अब २३ दिन मात्रै बाँकी छ ।
उनले आगामी ५ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । यसअघि एआईजी रविन्द्र केसीले भट्टराईलाई बढुवा गर्नका लागि राजिनामा दिएका थिए ।