काठमाडैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद् विघटनको बाटोमा अग्रसर रहेको आरोप लगाएका छन् ।

आइतबार माओवादी केन्द्र्रको भातृ संगठन प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै पूर्व सभामखु तथा पार्टीका प्रवक्तासमेत रहेका सापकोटाले सो आरोप लगाएका हुन् ।

उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’

तत्कालीन समयमा सभामुख रहेका सापकोटाकै कार्यकालमा तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेका थिए । तर, दुवै पटक सर्वोच्च अदालतले सो विघटनलाई बदर गरिदिएको थियो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर