काठमाडौं । नेकपा माओवादी केन्द्रले ऊर्जामन्त्री दीपक खड्काको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयमा भइरहेको गतिविधिलाई ‘जात्रा’को संज्ञा दिएका छन् ।

पौडेलले सरकारको हालको योजनामा कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाए । “कुलमान घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्‍याए, लोडसेडिङ मुक्त बनाए। यसमा के गल्ती गरे?” उनले प्रश्न उठाए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर