काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभले भेट गरेका छन् ।

साेमबार स्वीजरल्याण्डकाे जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका क्रममा डा.राणासंग एलनुरले भेट गरेका हुन् ।

उनीहरूका बीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको छ । डा.राणाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय २९ औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई दिएकी छिन् ।

नेपाल र अजरबैजान नाम र जि७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरुका समस्याहरू साझा रुपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएकी परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

डा.राणाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा आवाज उठाउने बताएकी छिन् ।

उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गरेकी छिन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर