काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले सबैतरिबाट असफल भइसकेका ओलीले देशको नेतृत्व गर्न नसक्ने आरोप लगाए ।

नेपाल दोस्रो पटक ग्रे लिष्टमा परेको, भ्रष्टाचार सुचांकमा एक स्थानमात्र सुधार भएको र प्रधानमन्त्री तथा मन्त्रीपषिद्को कार्यालयले उपलब्ध गराएको कार्यसम्पाद मूल्यांकनमा स्वयं प्रधानमन्त्री फेल भएको भन्दै उनले राजीनामा मागेका हुन् । चौधरीले ओलीबाट देश उभोँ नलाग्ने ठोकुवा गरेका छन् ।

‘प्रधानमन्त्रीकै रुचीमा रहेको रेलदेखि पानीजहाज र ग्यासम्म सबै परियोजनाहरु सबै संकटै संसटमा छन् । सुरु भएका परियोजनाबाट पनि सन्तोषजनक आउटपुट देखिँदैन । सबै विषयमा सबै ठाउँमा फेल भइरहेको व्यक्तित्वले कसरी उभोँ लाग्न सक्छ ? । यदि मुलुकलाई पास गराउने हो भने फेलियर प्रधानमन्त्रीले नेतृत्व छाड्नुपर्छ । अन्यथा मुलुकलाई टाट पल्टिनबाटकसैले रोक्न सक्दैन’ उनले भने ।

प्रतिक्रिया!!

सम्बन्धित खबर