काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शन गरेका छन् ।

उनीहरुले आज बिहान विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन् । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो ।
सरकारले घिसिङमाथि गरेको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।







