लहान । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक हिरेन्द्र रोकायाले न्यायदर्शनसँग कुरा गर्दै भने, ‘लहानमा पनि लागुऔषधको कारोबार हुने सहर मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

ईलाकाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका डीएसपी रोकायाको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । ईलाका प्रहरी कार्यालय लहानले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।
स्वीप अप्रेसनकै क्रममा प्रहरीले पछिलो पटक ३३ ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको सन्युक्त टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाकै धनगढीमाई नगरपालिका – ९ का २२ वर्षका पवनकुमार साह, २३ वर्षका अंकेश कुमार महतो र २० वर्षका लालबाबु राय रहेका छन् । उनीहरु तीनैजनाको साथबाट ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी विरेन्द्र कुनार पासवानले जानकारी दिए । पवनको साथबाट तराजु, अंकेशको साथबाट १५ ग्राम र लालबाबुको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
उनिहरु बिरुद्ध लागुऔषध मुद्दामा अदालतलबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी पासवानले जानकारी दिए ।
उनीहरु तीनैजना यसअघि २०८१ साउन १३ गते पनि लागुऔषध खैरोहिरोइनसहित पक्राउ परेर अदालतबाट मंसिर २० गते ४ महिना कैदको फैसला भएको थियो ।
उक्त फैसलापछि पनि उनीहरु भने लागुऔषधकै कारोबारमा रहेको खुलेको छ ।







