काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित पाँच जनाविरुद्ध जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालतमा उनीहरूविरुद्ध ५ करोड ७९ लाख रूपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो । आर्थिक वर्ष ०७५÷०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै पौडेलसहित पाँच जनाविरुद्ध विरुद्ध आयोगले अर्को मुद्दा दायर गरेको हो।


अख्तियारले केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक, काठमाडौं र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकवर हुसेनलाई प्रतिवादी बनाइएको छ ।


अख्तियारले दायर गरेको मुद्दामा मिलेमतोमा स्वार्थ बाझिने गरी उक्त कार्यको लागत अनुमान तयार गरेको, सम्झौताअनुसार अनसाइट सपोर्ट वारेन्टी प्राप्त नभएको तर रकम भने भुक्तानी लिएको देखिएको छ।यो कार्यबाट राज्यलाई ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी लिई हानी पु¥याएको अख्तियारको आरोप छ।उनीहरूले आफूलाई गैरकानूनी लाभ पु¥याउने तथा नेपाल सरकार÷सार्वजनिक संस्थालाई हानी पु¥याउने बदनियतले ५ करोड ७९ लाख बराबरको रकम बढी भुक्तानी लिई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको देखिएकाले आरोपपत्र दाय गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।


राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष २०७५÷७६ मा आईएफबी नम्बर एनआईटीसी÷जी÷एनसीबी–६–०७५÷०७६, सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसिओनिङ अफ आरईएससी एन्ड एचसीआई सर्भिस् खरिद सन्देहपूर्ण रहेको, खरिद गरिएका मुख्य उपकरणहरुको प्राविधिक विवरण अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएकोमा यसरी खरिद गरिएका मुख्य उपकरणको मूल्य अनलाइन श्रोतमा प्राप्त हालको मूल्यसूचीभन्दा बढी भएको पाइएको भन्ने ब्यहोराको उजुरी परेपछि आयोगले अनुसन्धान र छानबिन अघि बढाएको थियो ।

केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रूपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले २०७६ असार ४ गते उक्त केन्द्रमा पेस गरेको बिल नम्बर ६१२४ अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिहंदरबार, काठमाडौंबाट ट्रेनिङ एन्ड वानटाइम इन्स्टलेसन एन्ड कन्फिगरेसन एत जीआईडीसी एन्ड डीआरसी शीर्षकको भ्याट बाहेक २ करोड ६५ लाख र थ्री एयर्स वारेन्टी विथ अनसाइट सपोर्ट शीर्षकको भ्याट बाहेक ३ करोड १४ लाख रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको आयोगले जनाएको छ । मिलेमतोमा स्वार्थ बाझिने गरी प्रशिक्षण, जडान र सेटअपको लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको वारेन्टीको काम नै नभएको अवस्थामा समेत काम भएको भनी रकम भुक्तानी दिए÷लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।


अख्तियारले सुनील पौडेल विरुद्ध यसअघि एउटा ठेक्कामा ४ लाख डलरबाट घुसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको पाइएको थियो। आयोगले पौडेल र ठेकेदार कम्पनीका एजेन्ट भारतीय नागरिक दीपक आनन्दबीच ह्वाट्सएपबाट भएको कुराकानीको विस्तृत विवरण नै फेला पारेको थियो ।उक्त वार्तालापमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गर्न लागेको सामानको विवरण केकस्तो राख्ने, ती सामानका विशेषता, मूल्य अनि प्रक्रियाका बारेमा पनि एजेन्टसँग पौडेलले कुरा गरेका छन्।

प्रतिक्रिया!!

सम्बन्धित खबर