सिराहा । मधेश प्रदेश अन्तर्गत सिराहा जिल्लाको सीमा क्षेत्रमा रहेको भगवानपुर गाउँपालिकामा अध्यक्ष उग्रनारायण यादवको सक्रियतामा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमा व्यापक सुधार भएको छ।

चुनावका बेला जनतासँग गरिएका वाचाहरू पूरा गर्दै अध्यक्ष यादवले गाउँपालिकाको मुहार फेरेका छन्। स्थानीय बासिन्दाका अनुसार, पहिले भगवानपुर गाउँपालिकामा बाटोघाटोको धेरै समस्या थियो ।
तर अध्यक्षज्यूको पहलमा यस क्षेत्रमा धेरै सुधार भएको छ, जसले गर्दा आवतजावतमा सहजता आएको छ। त्यस्तै, कृषिमा विद्युतीकरणमा पनि धेरै सुधार भएको कारण किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छैन।
यसले कृषि उत्पादनमा वृद्धि हुनुका साथै किसानहरूको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन ल्याएको छ।अध्यक्ष उग्रनारायण यादवको नेतृत्वमा भगवानपुर गाउँपालिका विकासको पथमा तीव्र गतिमा अघि बढिरहेको स्थानीयहरूको भनाइ छ।







