हेटौंडा । बागमती प्रदेशमा प्रमुख सत्ता साझेदार नेकपा एमालेले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादबीच पार्टीको संस्थापन पक्षलाई मात्र समर्थन गर्ने औपचारिक घोषणा गरेको छ ।

बुधबार हेटौंडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकपछि दलका नेता जगन्नाथ थपलियाले सार्वजनिक रूपमा पार्टीको निर्णय सुनाए ।
एमालेको यो निर्णय कांग्रेसभित्र दलको नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाको मन्त्रीमण्डल विस्तार प्रयासलाई ठुलो झट्का हुनसक्छ। एमालेको असहमतिको कारण लामा नेतृत्वले मन्त्रीमण्डल विस्तार अघि बढाउन नसकेको बताइएको छ ।
थपलियाले नेपाली कांग्रेसभित्रको आन्तरिक समस्या प्रदेश सरकारमा असर नपरोस् भन्ने उद्देश्यले एमाले सावधानीपूर्वक अगाडि बढेको स्पष्ट पारे ।
प्रदेश राजनीतिमा यो घोषणा एमालेको सशक्त दबाब रणनीतिका रूपमा हेरिएको छ ।







