पोखरा । आफूलाई ‘अभियन्ता’ बताउँदै सामाजिक सञ्जालमा सक्रिय रहेकी शर्मिला वाइबा पोखराबाट मंगलबार पक्राउ परेकी छन्।

उनलाई काठमाडौं जिल्ला अदालतको अनुमति र साइबर ब्युरोको आग्रहमा कास्की प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट नियन्त्रणमा लिएको हो।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, वाइबामाथि विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध)अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीले उनलाई काठमाडौं पठाउने तयारी गरिरहेको जानकारी दिएको छ।

वाइबाविरुद्ध उनकै सहकर्मीले दिएको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतले २०७८ साउन २६ गते पक्राउ अनुमति जारी गरेको थियो। त्यसैका आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको एसपी ओलियाले पुष्टि गरे।शर्मिला वाइबा यसअघि पनि विवादमा परेकी थिइन्। २०८० सालको चैत महिनामा उनी काठमाडौँबाट साइबर अपराध र कुटपिटमुद्दामा समेत पक्राउ परेकी थिइन्।

प्रतिक्रिया!!

सम्बन्धित खबर