काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।भदौ २३ र २४ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका सिलसिलामा आयोगको बोलावटमा शाह सोमबार आयोग पुगेका हुन् ।

आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म चलेको सोधपुछमा आन्दोलनका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, सिंहदरबार जलाउने विषयमा आएका भनाइ, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको सम्भावित मानव अधिकार हनन र दमनसम्बन्धी घटनाको छानबिन गरिरहेको छ।आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले हालसम्म १४६ जनाको बयान लिइसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर