काठमाडौं । ४७ केजी चाँदीसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ छन्। उनीहरूको साथबाट चार थान मोबाइल र ४७ केजी अवैध चाँदी बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले भोटेबहाल, कोटेश्वरलगायतका बिभिन्न ठाँउमा राजश्व छलि गरी बिल-बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

प्रतिक्रिया!!

सम्बन्धित खबर