काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जु’वा-तास खेल्ने विरुद्ध प्रहरीले आइतबार (कात्तिक २२) रातभर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । त्यसक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी जयराज सापकोटा आफैँ फिल्डमा खटिए ।

प्रदेश र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले अपरेसनका क्रममा वीरेन्द्रनगरका चार स्थानमा छापा मारेर जुवातास खेलिरहेका ३५ जनालाई निय:न्त्रणमा लिएको छ । उनीहरूका साथबाट नगद कुल नौ लाख ६६ हजार १३६ रुपैयाँ बरामद समेत गरिएको प्रहरीले जनाएको छ ।

डीआईजी सापकोटा वीरेन्द्रनगर नगरपालिका–४, मूलपानी चोकस्थित स्थानीय सुशील भारतीको घरमा छापा मार्न पुगेका थिए । उक्त घरबाट प्रहरीले चार लाख एक हजार ४८६ रुपैयाँ नगदसहित १२ जनालाई पक्राउ गरेको छ ।

डीआईजी सापकोटाले आफू नै फिल्डमा खटिएर यो अपरेसन चलाएको बताए । एक रात सञ्चालन गरिएको अप-रेसनका क्रममा चार स्थानबाट ३५ जना पक्राउ परेका उनले जानकारी दिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर