नयाँदिल्ली । विश्वका धनी व्यक्तिमध्ये एक हुन् बिल गेट्स। सामाजिक सञ्जालमा देखापर्ने बित्तिकै उनकाे भिडियाे भाइरल नै हुन्छ।

अहिले बिल गेट्स भारत भ्रमणमा छन्। जब उनी घुम्नका लागि भारत जान्छन्, फाेटाे र भिडियाे पाेस्ट गर्छन्। जुन चर्चाकाे विषय बन्छ।

पछिल्लाे समय उनकाे एक भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ। जसलाई पत्याउन पनि १० पटक साेच्नुपर्छ।

नागपुरको सदर क्षेत्रको पुरानो वीसीए स्टेडियम नजिकै सडकको छेउमा रहेको प्रसिद्ध डली चाइवाला पसल छ। उनी रजनीकान्तको स्टाइलमा चिया बनाउँछन्।

लुक्सको कुरा गर्ने हो भने डली चाइवाला आफ्नो कपाल र लुगा लगाउने तरिकाका कारण पनि निकै चर्चित छन्।

सामाजिक सञ्जालमा डली चाइवालाको भिडियो भाइरल भइरहेको छ। बिल गेट्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन्।

भिडियोमा बिल गेट्स पहिलो पटक ‘एक चिया प्लिज’ भन्दै गरेको देखिन्छ, त्यसपछि भिडियोमा डली चाइवालालाई आफ्नो अनौठो शैलीमा चिया बनाउँदै गरेको देख्न सकिन्छ।

चिया बनाउन दुध, चियापति, अदुवा र अलैंची हालेर उमालेकाे चिया उनी बिल गेट्सतर्फ लैजान्छन्। उनकाे त्यही स्टाइलले मानिसहरूकाे मन जितेकाे छ।

उनीकहाँ फूड भ्लगरहरू भिडियो बनाउन र सोशल मिडियामा सेयर गर्न आउँछन्। यो भिडियो सेयर गर्दै बिल गेट्सले यसको क्याप्शनमा लेखेका छन्, ‘तपाईले भारतमा जताततै नवीनता देख्न सक्नुहुन्छ। म फेरि भारत आउन पाउँदा उत्साहित छु।’

प्रतिक्रिया!!

सम्बन्धित खबर